३१ भाद्र २०८१, सोमबार

बागमती कृषि मन्त्रालय– विज्ञ अन्तरक्रियाः साना डेरी मर्जदेखि चीज संरक्षणसम्मको सुझाव

प्रकाशित मिति :  1 April, 2021 10:23 pm


हेटौडा ।

बागमती प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी आर्थिक वर्ष ०७८र०७९ को योजना तर्जुमा सम्बन्धमा विशेषज्ञसँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरको छ ।

अन्तरक्रियामा कृषि तथा पशुपंक्षीसँग सम्बन्धित विज्ञ तथा सरोकारवालासँग छलफल गरिएको थियो । अन्तरक्रियामा समग्र कृषि क्षेत्र र दुग्ध क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुति गरिएको थियो ।

बिहीबार हेटौडामा सम्पन्न कार्यक्रममा विज्ञहहरुले साना डेरी मर्जर गर्नेदेखि नेपालको चीज र छुर्पी संरक्षणसम्मका कार्यक्रम प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हादले उत्पादनमा लागत घटाउनु पर्ने, निर्यात सम्भावना भएका हाम्रा मौलिक उत्पादन छुर्पी र चिजलाई राज्यले संरक्षण गरि सहयोग गर्नुपर्ने, छुर्पीमा लाग्दै आएको भ्याट छुट हुनुपर्ने, दुधको गुणस्तर कायम गर्न दुई समय दूध संकलन गर्नुपर्ने, प्रति लिटर दुधमा दिइदै आएको अनुदान सहकारीलाई मात्र नभएर निजिलाई पनि दिनुपर्ने लगायतका सुझाव राखेका थिए ।

उनले दुग्ध उत्पादनको उपभोग बढाउन प्रचारात्मक कार्यक्रम गर्नुपर्ने, घरेलु डेरीलाई प्रबर्द्धन गर्न मर्जर कार्यक्रम ल्याई अनुदान दिनुपर्नेमा जोड दिए ।

केन्द्रीय दुग्ध उत्पादन सहकारी सघका अध्यक्ष नारायण देवकोटाले किसानको अस्तित्व संकटमा परेको भन्द्र किसानलाई जोगाउने कार्यक्रम ल्याउन सुझाव दिए ।

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले उद्योगीको समस्या बुझ्न आग्रह गर्दै आउने दिनमा प्रदेशले उद्योगीको हितमा काम गर्न, दुई समयमा दुग्ध संकलन गर्नेलाई प्रवद्र्धन गर्ने, दुधको बजारीकरण लगायतका विषयमा ध्यानाकर्षण गराए ।

बजारीकरण र उत्पादनमा देखिएका असन्तुलनलाई मध्यनजर गर्दै मौज्दात राख्ने सहि ब्यवस्था गरियो भने किसानको उत्पादन फ्याँक्नु पर्ने समस्या सहज रुपमा समाधान हुने हुँदा समस्या समाधानमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

विभिन्न सहकारी, एसोसिएसन, संघ, संगठन र किसानका प्रतिनिधिले बिउबिजनको समस्यादेखि लिएर बजारीकरणका समस्यासम्मका बिषयमा उठाएका छन् ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्याम बस्नेतले उठेका सबै विषयमाथि व्यापक छलफल गरि सकेसम्म समाधान गर्ने बताए ।

कृषि मन्त्री दावा लामाले सुझावले मन्त्रालयलाई नीति तथा कार्यक्रम बनाउन थप सहयोग पुगेको र आएका सुझाव समेटेर जाने बताए । मन्त्रालयकी सचिव मतिना जोशीले सुझावको कदर गर्दै मन्त्रालयले कृषि क्षेत्रमा प्रभावकारी काम गर्ने बताए ।

कार्यक्रम मन्त्रालयका सचीव जोशीको अध्यक्षता तथा मन्त्री लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।



प्रतिक्रिया दिनुहोस !