३० कार्तिक २०८१, शुक्रबार

आजदेखि रुरु जलविद्युत्को आइपीओ बिक्री खुला

प्रकाशित मिति :  2 April, 2021 12:13 pm


काठमाडौं । रुरु जलविद्युत् लिमिटेडको आइपीओ आजदेखि निष्काशन भएको छ । कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १ सय २० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७ सय २० रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको हो ।

जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको उक्त आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ । यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !