६ आश्विन २०८१, आइतबार

लमही–घोराही सडक ५ दिनका लागि पूर्ण बन्द हुने

प्रकाशित मिति :  2 April, 2021 2:30 pm


दाङ । लमही–घोराही सडक ५ दिनका लागि बन्द हुने भएको छ ।

केही भागहरू जीर्ण भएकाले मर्मतका लागि सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

उक्त सडक आउँदो २२ गतेदेखि २६ गते साँझसम्म ५ दिनको लागि बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको हो । पाँच दिन पूर्ण रुपमा हेभी सवारी साधनहरू(बस,ट्रक,टिप्पर,ट्रली) बन्द हुने छन् ।



प्रतिक्रिया दिनुहोस !