६ आश्विन २०८१, आइतबार

भृकुटीमण्डपमा राष्ट्रपतिले गरिन् मेलम्ची खानेपानीको उद्घाटन

प्रकाशित मिति :  2 April, 2021 3:29 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डौं उपत्यकामा मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेकी छन् । भण्डारीले भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराको टुटी खोली हात धोएर औपचारिक उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागी छन् । मेलम्ची खानेपानी आयोजना निर्देशनालयले उद्घाटनको लागि भृकुटीमण्डपमा नयाँ ढुंगेधारा बनाएको हो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ । हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजनले जनाएको छ ।

हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ । हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !