१२ मंसिर २०८१, बुधबार

इरान परमाणु सम्झौता ब्युँत्याउनेबारे मंगलबार छलफल हुने

प्रकाशित मिति :  2 April, 2021 5:39 pm


काठमाडौ । इरान परमाणु सम्झौता ब्युँत्याउने बारे इरान र अन्य शक्तिशाली देशहरूको प्रतिनिधिहरूबीच आगामी मंगलबार भिएनामा छलफल हुने भएको छ ।

सन्२०१५मा अमेरिकासमेत विश्वका शक्तिशाली देशहरू र इरानबीच इरानको परमाणु कार्यक्रम रोक्नलगाउने विषयमा एक सम्झौता भएको थियो ।

अमेरिकाका निवर्तनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो सम्झौताबाट अमेरिकालाई हटाउन लगाएका थिए ।

त्यसपछि विवाद बढ्दै गएको हो ।

इरान, चीन,रूस ,फ्रान्स, जर्मनी र बेलायत सो परमाणु समझौताका पक्षहरू हुन् ।

शुक्रबार तिनका प्रतिनिधिहरूबीच भएको बैठकमा सो सम्झौतामा अमेरिकालाई फर्काउने विषयमा छलफल गर्ने निर्णय गरिएको हो ।

इरानका उप विदेशमन्त्री अब्बास अराक्चीले सम्झौताका सहभागीहरूले भिएनामा मंगलबार परमाणु सम्झौता सुनिश्चित गर्ने विषयमा छलफल गर्ने भएको इरानी टेलिभिजनलाई जनाएका छन् ।

युरोपियन युनियनका दुई कुटनीतिज्ञहरूले पनि हुन लागेको यो बैठकबारे जानकारी थपेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले सम्झौतामा इरानलाई आबद्ध गर्न खोजेको छ ।

त्यो परमाणु सम्झौता अनुसार अमेरिका र अन्यले इरान विरूद्ध लगाएको आर्थिक नाकाबन्दी हटाउनुपर्ने शर्त रहेको छ ।

त्यसो गरिए इरानले आफ्नो परमाणु कार्यक्रमलाई रोक लगाउनुपर्ने हुन्छ ।

ट्रम्पले सन् २०१८मा अमेरिकालाई यो सम्झौताबाट अलग राखी इरानमाथि थप आर्थिक नाकाबन्दी लगाएका थिए ।

अमेरिका र इरान अझ यो परमाणु सम्झौताको विषयमा भेटवार्ता गर्न तयार भइरहेका छैनन् । यसका लागि युरोपियन देशहरूले प्रयास गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूतले शुक्रबारको बैठकले आगामी बैठकको निरन्तरता दिने बताएको रोयटर्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !