६ आश्विन २०८१, आइतबार

नेपाल पत्रकार महासंघको निर्वाचनका लागि आचार संहिता जारी

प्रकाशित मिति :  2 April, 2021 6:35 pm


काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा मतदानका बेला क्यामेरा,रेकर्डर र मोबाइल फोन लिएर जान नपाइने भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले जारी गरेको आचारसंहितमा आचारंसहितमा भनिएको छ, “मतदान स्थलमा मतदाताले क्यामरा,रेकर्डर र मोबाइल फोन लिएर जान र प्रयोग गर्न पाउने छैन ।”

मतदाताले निर्वाचन समितिद्वारा जारी भएको परिचयपत्र वा मतदाता परिचयपत्र वा महासंघले जारी गरेको परिचयपत्रका आधारतमा मतदान गर्न पाउने छन् । निर्वाचन आचारसंहिता अनुसार मतदान प्रकृया सुरु भएपछि मतदानस्थल परिसरभित्र प्रचार प्रसार गर्न, नाराजुलुस गर्न, भाषण गर्न,पोष्टर टाँस्न,पर्चा पम्प्लेट वितरण गर्न पाइने छैन ।

महासंघको नयाँ नेतृत्वको लागि जिल्लादेखि केन्द्रसम्म बैशाख २५ गते निर्वाचन हुँदैछ ।

महासङ्घको यस वर्षको निर्वाचनमा १३ हजार १२२ मतदाता छन् । केन्द्रीय समितिका ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ ।



प्रतिक्रिया दिनुहोस !