३ आश्विन २०८१, बिहिबार

रेडमी नोट १० स्मार्टफोन नेपालमा, सुरुवाती मूल्य २२ हजार

प्रकाशित मिति :  2 April, 2021 6:53 pm


काठमाडौं ।

चिनियाँ स्मार्टफोन उत्पादक साओमीको नोट सिरिजको पछिल्लो स्मार्टफोन रेडमी नोट १० नेपालमा सार्वजनिक गरिएको छ ।

तीन स्टोरेज भेराइटीमा उपलब्ध स्मार्टफोनको ४ जीवी र्याम र ६४ जीबी स्टोरेज वाला फोनको मूूल्य २१ हजार ९९९ रहेको छ । ४ जीबी ¥यामकासाथमा १२८ स्टोरेजको मूल्य २२ हजार ९९९ र ६ जीबी र्यामकाे साथमा १२८ जीबी स्टोरेज भर्सनको मूल्य २४ हजार ९९ रहेको छ ।

रेडमी नोट १० मा ४८ एमपी क्यामेरा, ६० हटर््ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरका साथ उपलब्ध छ । ताजा ईभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्टहरुलाई प्राथमिकता दिएर फोन बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमीका उपकरणहरु प्रिमिएम मूल्य क्षेत्रमा डि–फयाक्टो विकल्पको रुपमा परिणत भएको बताएका छन् । “रेड मी नोट श्रृंखलाको हाम्रो १० औँ जेनेरेसनको लन्चका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक सुपरचाज्र्ड उपकरणलाई जोडेर एक व्रmान्तिकारी परिवर्तन ल्याउँदैछौँ,” उनले भने ।

रेडमी नोट १० सबै इभोल डिजाइनको साथ उपलब्ध रहेको छ । यसमा इमर्सिभ ध्वनि अनुभवका लागि हाई–रेस प्रमाणित स्टिरियो स्पिकरहरु र राम्रो अनि स्मुथ हेप्टिक्सको लागि जेड्–एक्सिस भाइबे्रशन मोटर पनि रहेको छ ।

उपकरणलाई आकस्मिक झर्नबाट जोगाउन उपकरण कोर्निङ गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित गरिएको छ । सुरक्षित अनलकको लागि उपकरणमा साइड–माउन्टेट फिङ्गरप्रिन्ट स्क्यानरको सुविधा छ जुन डबल–ट्याप जेश्चरहरु र एआई फेस अनलकका साथ संचालित हुन्छ । यसमा आईआर ब्लास्टर र ३ं.५ एम्एम् ज्याक पनि उपलब्ध छ ।



प्रतिक्रिया दिनुहोस !