३ आश्विन २०८१, बिहिबार

ओपो एफ १२ को मूल्य कटौती, ३ जीबी र्याम अप्सनको मूल्य साढे १४ हजार

प्रकाशित मिति :  3 April, 2021 12:12 pm


काठमाडौं ।

स्मार्टफोन ब्राण्ड ओपोले ओपो एफ १२ को मूल्य घटाएको छ । नेपाली नयाँ वर्षको अवसरमा ३ जीबी र्याम अप्सनको स्मार्टफोनको मूल्य कटौती गरेको कम्पनीले जनाएको छ ।

यसअघि १६ हजार ५ सय ९० मा उपलब्ध हुदै आएको यो फोन अब १४ हजार ५ सय ९० मूल्य तोकिएको छ । नयाँ वर्ष लक्षित थप अफरहरु छिटै सार्वजनिक गर्ने ओपोले जनाएको छ ।

नेपाली बजारमा ओपो एफ १२ फोन कालो र नीलो गरी दूई रंगमा उपलब्ध छ । यो फोनको स्क्रिन टू बडी रेशियो ८९ प्रतिशत छ । फोनको डिस्प्लेमा क्याप्टिभेटिभ, मल्टिटच, इनसेल, २.५डी कभ्र्ड ग्लास स्क्रिन, कोर्निङ गोरिल्ला ग्लास थ्री लगायतत यसका विशेषता छन् ।

फोनको पिक्सेल डेन्सिटी २ सय ७० पीपीआई रहेको छ । आईपीएस प्यानल सहितको यो फोनको एस्पेक्ट रेशियो १९ः९ रहेको छ ।

ओपो ए १२ मा २.३ जीएचजेडमा क्ल्क्ड गरिएको ८ कोर्सको मिडियाटेक हेलियो पी ३५ (एमटी६७६५भीसीबी) चिपसेट जडित छ । फोनमा ३ जीबी र्यामको साथमा ३२ जीबी आन्तरिक स्टोरेज क्षमता उपलब्ध छ । जसमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

फोनमा १३ मेगापिक्सेल क्षमताको प्राइमरी क्यामेरा र २ मेगापिक्सेलको दोस्रो क्यामरा रहेको छ । क्यामेरामा टचटू(फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधि रहेका छन् । सेल्फीका लागि फोनमा ५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !