नेपाल पक्ष संगठन निर्माण र सुदृढीकरण अभियानमा,जनवर्गीय संगठनलाई क्रियाशील बनाउने
प्रकाशित मिति : 3 April, 2021 5:38 pm
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दुई महिने ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।
काठमाडौं कलंकीको मेगा पार्टी प्यालेसमा आज बसेको नेपाल पक्षको स्थायी समिति बैठकले दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।
एमालेको एकता र कम्युनिष्ट आन्दोलन बचाउन संगठन निर्माण र सुदृढीकरण अभियान केन्द्रित हुने सचिव भट्टराईको भनाई छ ।
बैठकले सबै जनवर्गीय संगठनहरुलाई क्रियाशील बनाउने र आवश्यक परे पुनर्गठन गर्ने निर्णय समेत गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित ४ जना नेतालाई ६ महिनाका लागि निलम्बन गरेपछि नेपाल पक्ष समानान्तर गतिविधिमा गएको हो ।