४ आश्विन २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ९३,२४९ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  4 April, 2021 11:35 am


काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९३,२४९ जना कोरोना संक्रमित भेटिएका छन् भने ५ सय १३ जनाको मृत्यु भएको छ ।

यससँगै अहिलेसम्म भारतमा १,२४,८५,५०९ जना कोरोना संक्रमित भएको छ र ६,९१,५९७ जना सक्रिय संक्रमित छन् ।

अहिलेसम्म भारतमा कोभिड –१९ का कारण १,६४,६२३ जनाको मृत्यु भइसकेको छ ।

१,१६,२९,२८९ जनामा कोरोना निको भएको छ । देशभर भ्याक्सिन लगाएपनि भारतमा कोरोना संक्रमित बढिरहेका छन् । अहिलेसम्म देशभर ७,५९,७९,६५१ जनालाई भ्याक्सिन लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस !