३० कार्तिक २०८१, शुक्रबार

धरानका सब्जीमण्डीमा एनआइसी एशिया बैंकको क्युआर कोड

प्रकाशित मिति :  4 April, 2021 2:28 pm


धरान ।  डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्न धरान उप महानगरपालिका अन्तर्गतको सब्जीमण्डीमा क्युआर कोड सेवा उपलब्ध गराइएको छ ।

धरानको भानु चोकमा रहेको सब्जीमण्डीमा रहेका एक सय बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री पसलमा एनआइसी एशिया बैंकले क्युआर कोड सुविधा उपलब्ध गराएको हो ।

अब सो क्षेत्रका पसलमा नगदको साटो क्युआर कोडमार्फत् मोबाइल बाटै रकम भुुक्तानी गर्न सकिनेछ । एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, धरान संयुक्त बजार एकता संघका अध्यक्ष राम कुमार दास र एनआइसी बैंका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीले संयुक्त रुपमा क्युआर कोडको वितरण गरेका हुन् ।

बैंकले निकट भविष्यमा सो क्षेत्रका यातायात, खाद्य स्टोर लगायत अन्य व्यवसायीक क्षेत्रहरूलाई समेत क्युआर कोड भुक्तानी प्रणालीमा समावेश गर्दै लैजाने जनाएको छ ।

विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी नगदरहित अर्थतन्त्रको निर्माण गर्न सहयोग पु¥याउन परियोजना अघि बढाएको बैंकले जनाएको छ ।

बैंकले हालसम्म देशभर ४१ हजार भन्दा बढी क्युआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ जनाएको छ ।प्रणालीमा आबद्ध हुन चाहनुहुने नयाँ व्यापारी महानुभावहरूका लागि बैंकले ९८२८७११११५ नम्बरमा सम्पर्क गरी तथा बैंकको वेबसाइटमार्फत अनलाईन आवेदन दिन सकिने समेत व्यवस्था गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !