४ आश्विन २०८१, शुक्रबार

भारतको छत्तिसगढमा माओवादी र सुरक्षाकर्मीबीच भिडन्त हुँदा २२ जनाको मृत्यु

प्रकाशित मिति :  4 April, 2021 2:25 pm


काठमाडौं । भारतमा माओवादी र सुरक्षाकर्मीबीच भिडन्त हुँदा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । छत्तिसगढमा ४४ घन्टासम्म चलेको भिडन्तमा ३२ जना सुरक्षाकर्मी घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।

करिब ३० जनाको संख्यामा रहेका माओवादीले ७०० सुरक्षाकर्मीहरुलाई घेरेर आक्रमण गरेका थिए। करिब ३ घण्टासम्म प्रहरी र सुरक्षाकर्मीबीच मुठभेड भएको थियो। माओवादी लडाकूहरुले प्रहरीलाई तीनतर्फबाट घेरेर अचानक आक्रमण गरेको बताइएको छ। केन्द्रीय र छत्तीसगढ प्रहरीका २१ जवानहरु अझै बेपत्ता छन्।

शुक्रबार रातिदेखि २ हजार जनाको संयुक्त सुरक्षा बलले बिजापुर र सुक्मा जिल्लास्थित जंगलमा माओवादीविरुद्ध अवरेसन चलाएका थिए । त्यसक्रममा माओवादीले थापेको एम्बुसमा सुरक्षाकर्मी परेका पछि त्यसलगत्तै दुवैतर्फ गोली हानाहान भएको थियो ।



प्रतिक्रिया दिनुहोस !