३ आश्विन २०८१, बिहिबार

अनलाइन कम्पनी अमेजनका कामदार बोतलमा पिसाब फेर्न बाध्य, कम्पनीले माग्याे माफी

प्रकाशित मिति :  4 April, 2021 3:49 pm


काठमाडौ । खुद्रा बिक्रेताको विशाल अमेरिकी अनलाइन कम्पनी अमेजनका कामदार बोतलमा पिसाब फेर्न बाध्य पारिएको छ । अमेजनले यसलाई स्वीकार गर्दै माफी मागेकाे छ ।

अमेजनका सामान आपूर्ति गर्ने गाडीका चालकहरूले बेलाबेलामा प्लास्टिकका बोतलमा पिसाब फेर्न बाध्य रहेको भन्ने विषयमा झुटो बोलेकोमा अमेजनले एकजना अमेरिकी राजनीतिकर्मीसमक्ष माफी मागेको हाे ।

विस्कन्सिनबाट प्रतिनिधित्व गर्ने डेमोक्र्याटिक पार्टीका नेता मार्क पोकनले अमेजनले आफ्ना कर्मचारीलाई पानीको बोतलमा पिसाब फेर्न बाध्य पारेको ट्वीट गरेका थिए।

उनको ट्वीटलाई जवाफ दिँदै अमेजनको औपचारिक ट्वीटर अकाउन्टबाट जबाफमा भनिएको थियो, “यदि त्यो साँचो हुँदो हो त हाम्रा लागि कोही काम गर्ने थिएन।”

अमेजनको त्यो ट्वीट पछि चालकहरूले बोतलमा पिसाब फेर्नुपरेको प्रमाण सार्वजनिक हुन थालेपछि अमेजनले अहिले विज्ञप्ति निकालेर माफी मागेको छ ।

अमेजनले कामदारलाई आफ्नो सौचालयसमेत प्रयोग गर्न प्रयोग गर्न नदिएकोमा विरोध भइरहको छ ।

अमेजनले जनप्रतिनिधि पोकनसँग हामी माफी माग्छौं, भनेको छ । अमेजनले युनियन बनाउन नदिने कार्यको विरोध गर्दै पोकनले गत हप्ता युनियन बनाउन नदिने र कामदारलाई पानीको बोतलमा पिसाब फेर्न लगाउने अमेजन कर्मचारीलाई प्रति घण्टा १५ डलर दिँदैमा प्रगतिशील कार्यस्थल हुन नसक्ने लेखेका थिए ।

अमेजनका युरोपेली कार्यालयमा काम गर्ने कर्मचारीहरू युनियनमा आबद्ध भए पनि अमेरिकामा त्यो कार्य हालसम्म अमेजनले हुन दिएको छैन ।



प्रतिक्रिया दिनुहोस !