६ आश्विन २०८१, आइतबार

सर्वोच्चमा सिफारिस गरिएका दुई न्यायाधीशको सुनुवाइ नयाँ वर्षमा

प्रकाशित मिति :  4 April, 2021 4:50 pm


काठमाडौ । सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएका दुई न्यायाधीशहरूको सुनुवाइ नयाँ वर्षमा हुने भएको छ ।

आइतबार समितिले उजुरीकर्तासँग छलफल गर्दै न्यायाधीश सिफारिस गरिएका नहकुल सुवेदी र कुमार चुडालको संसदीय सुनुवाई बैशाख ३ गर्ने समितिले निर्णय गरेको हो ।

दुई जना न्यायाधीश विरूद्ध ७ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिका सभपाति लक्ष्मणलाल कर्णले दिएको जानकारी अनुसार केही उजुरीकर्तासँग छलफल भएको र केही प्रमाण बारे बुझिएको छ ।

न्यायाधीशमा सिफारिस सुवेदीको योग्यतासम्बन्धी विवादलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा चैत ३० गते फैसला आउने भएको छ । समितिले सर्वोच्चबाटै उक्त विषयमा फैसला भएपछि मात्र सुनुवाइ प्रक्रिया अघि बढाउने गरी अर्को बैठक वैशाख ३ गतेका लागि तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !