४ आश्विन २०८१, शुक्रबार

भारतमा एकैदिन कोरोना संक्रमितको संख्या १ लाख पार गर्‍यो

प्रकाशित मिति :  5 April, 2021 11:33 am


काठमाडौं । भारतमा १ महिनामा साढे ५ लाख कोरोना भाइरसबाट संक्रमित बनेका छन् भने ७,५५३ जनाको मृत्यु भएको छ ।

भारतमो कोरोनाको दोस्रो लहर फैलिएको छ र १० राज्य अध्यधिक प्रभावित भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा मात्रै एक लाख भन्दा धेरै व्यक्ति कोरोना संक्रमित बनेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार थप १,०३,५५८ जना कोरोना संक्रमित भेटिएका छन् भने ४७८ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रमा मात्रै ५७ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् । भारतमा फरवरीमा एक दिनमा कोरोना संक्रमित हुनेको संख्या १० हजारभन्दा तल झरेको थियो । तर अहिले आएर १ लाख पार गरेको छ ।



प्रतिक्रिया दिनुहोस !