४ आश्विन २०८१, शुक्रबार

प्रदेश ५ को राजधानी बुटवलबाट सारे थेग्न नसक्ने आन्दोलन उठ्ने कांग्रेस नेता खाँणको चेतावनी

प्रकाशित मिति :  26 December, 2019 7:15 am


काठमाडौं, १० पुस । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं पुर्वरक्षामन्त्री बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवलबाट सारे थेग्न नसक्ने आन्दोलन उठ्ने चेतावनी दिनुभएको छ। उहाँले तत्कालीन काङ्ग्रेसको सरकारले  राजनीतिक, सांस्कृित र पर्यटकीय हिसाबले बुटवल नै स्थायी राजधानिका  लागि उपयुक्त भएकाले अस्थायी राजधानी बनाएको भन्दै यसलाई प्रदेश सभाले अबिलम्ब घोषणा गर्न अनुरोध गर्नु भयो ।

बुटवल उद्याेग बाणिज्य संघकाे आयाेजनामा बुधबारदेखि शुरू भएकाे अाैद्याैगिक व्यापार मेला बुटवल -२०७६ काे शुभारम्भ समाराेहलाई सम्बाेधन गर्दै नेता खाणले भन्नुभयो,’प्रदेशको राजधानी सार्न बेलाबेलामा पर्दापछाडी खेलहरु भैरहेको खबर आउछ, यदि तेसो भए थेग्न सक्नुहुन्न, कुनै पनि देशमा दुरिकै भागबाट मात्रै राजधानी तोकिदैन ।’

आगामि पुस २३ गतेसम्म संञ्चालन हुने महाेत्सवमा सूचना प्रविधि, उद्याेग, कृषि, हाेटल जसता गरि करिव ५ सय स्टल राखिएकाे छ । याे पटक बुटवल मण्डपमा स्थायि संरचना बनेकाले बुटवल देविनगरमा मेला शुरू भएकाे छ । कार्यक्रमको उद्घाटन गर्न रक्षामन्त्री ईश्वर पोख्रेल आउने भनिएपनी मौसमको कारण आउन भने सक्नुभएन ।

कार्यक्रममा लुम्बिनीको झल्को आउने गरि विभिन्न संरचना बनाईएका छन् भने प्रवेशद्वार ऎतिहासिक जितगढी किल्लाको झल्को आउने गरि बनाईएको।  छ ।



प्रतिक्रिया दिनुहोस !