५ आश्विन २०८१, शनिबार

नागरिकता लगायतका विधेयक ल्याएर संसदलाई बिजनेस दिन माग

प्रकाशित मिति :  5 April, 2021 2:59 pm


काठमाडौ । सांसद शशि श्रेष्ठले नागरिकता विधेयकलगायतका विधेयक ल्याएर संसदमा बिजनेस दिन सरकारसँग माग गरेकी छिन् ।

संसदको शून्य समयमा बोल्दै श्रेष्ठले नागरिकताको विषय आफैमा संवेदनशील विषय भएको बताइन् ।समितिले निरन्तर प्रयास गरी यो विधेयक १० महिना अघि संसदमा ल्याएको थियो ।

१० महिनासम्म विधेयक पारित नहुँदा लाखौं युवा अधिकारबाट वञ्चित हुन पुगेको ध्यानार्षण गराउँदै सांसद श्रेष्ठले नागरिकता नपाएको युवाहरू मानसिकरूपमा तनावमा रहेको बताइन् ।उनले भनिन“ हामी यहाँ कुराहरू उठाउँछौ । नागरिकता नभएर राज्यविहीन भएको भनेका छौं ।”

संसद पुनस्र्थापित भइसकेपछि फागुन २३ गतेदेखि चलिरहेको छ । संसद चलाउनका लागि सरकारले विजनेस दिइरहेको छैन । ५५वटा विधेयकहरू छन् ।



प्रतिक्रिया दिनुहोस !