५ आश्विन २०८१, शनिबार

पूर्व राजा ज्ञानेन्द्र २६ गते भारत जाने

प्रकाशित मिति :  5 April, 2021 5:43 pm


काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाह आगामी चैत २६ गते भारत जान लागेका छन् ।

पूर्व राजाकी पत्नी कोमल राज्यलक्ष्मी देवी शाह पूर्व राजा  ज्ञानेन्द्र शाहसँगै भारत जाने भएकी हुन् ।

पूर्व राजदम्पत्ति धार्मिक कार्यमा सरिह हुन जान लागेका हुन् ।

भारतको हरिद्वारमा सञ्चालन हुने महाकूम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणमा शाह दम्पत्ति देश बाहिर जान लागेका हुन् ।

पुर्व राजा ज्ञानेन्द्र शाहको निजी सचिवालयले यो जानकारी सार्वजनिक गरेको हो ।



प्रतिक्रिया दिनुहोस !