४ आश्विन २०८१, शुक्रबार

बहुपक्षीयताको नाममा सानो समूह बनाउनु गुटबाजी भएको भारतका लागि चिनियाँ राजदूतको आरोप

प्रकाशित मिति :  5 April, 2021 6:18 pm


काठमाडौ । बहुपक्षीयताको नाममा सानो समूह बनाउनु गुटबाजी भएको चीनले अरोप लगाएको छ ।

अमेरिका अस्ट्रेलिया , जापान र भारतसहितको क्वाड निर्माण गर्ने कार्यलाई भारतका लागि चिनियाँ राजदूत भारत सुन वेइदोङले बताएका छन् ।
वायर डटकमका लागि सुधिन्द्र कुलकर्णीसागको कुराकानीमा राजदूत सुनले यस्तो बताए ।

उनले भने “ बहुपक्षीयताको नाममा सानो समुह बनाउनु गुटबाजी राजनीति हो ।”

सुनले अन्तर्राष्ट्रिय प्रणाली र अन्तराष्ट्रिय व्यवस्था अन्तर्राष्ट्रिय कानुनको आधारमा राष्ट्रसंघ केन्द्रित भएर बढाउनु भनेको साँचो अर्थमा बहुपक्षीयता भएको बताए ।

सुनले क्वाडले चीनलाई आफ्नो दस्तावेजमा उल्लेख नगरेको र यसले इन्डो प्यासिफकमा चीनको उदयको प्रभावका कारण गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !