६ आश्विन २०८१, आइतबार

सिक्किममा गएकाे भुकम्पले काठमाडौंसम्मै हल्लायो

प्रकाशित मिति :  5 April, 2021 9:58 pm


काठमाडौं ।

काठमाडौंसम्म हल्लाएको भुकम्पको केन्द्रविन्दु सिक्किम रहेको छ । सोमबार साँझ सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का महसुस भएपछि काठमाडौंसम्मका बासिन्दाले सामाजिक संजालमा स्टाटस अफडेट गरेका छन् ।

भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको झट्का नेपालको पूर्वी भूभागमा बढी महसुस भएको छ ।

भुकम्पकाे केन्द्र सिक्किममा हालसम्म मानविय क्षति नभएकाे त्यहाँस्थित मिडियाले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !