५ आश्विन २०८१, शनिबार

कपिलवस्तुमा स्वतन्त्र उठेका पत्रकारलाई कांग्रेसको कारवाही पत्र

प्रकाशित मिति :  5 April, 2021 10:14 pm


कपिलवस्तु ।

नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने चुनावमा बागी उम्मेदवारी दिएको भन्दै कपिलवस्तुका नेपाली कांग्रेसका पूर्व कार्यकर्ता तथा पत्रकार कारवाहीमा परेका छन् ।

कपिलवस्तु यशोधरा गाउ पालिका वडा नं. ३ का पूर्व बुध इकाइ सभापतिसमेत रहेका पत्रकार समेश मिश्रालाई पार्टीले एक वर्षसम्मका लागि पार्टीबाट निस्कासन गरेको नेपाली कांग्रेस कपिलवस्तुले प्रेस विज्ञप्ति जारी गर्दै जनाएकाे छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति सुेन्द्रराज आचार्यले हस्क्षार गरेको कारवाही पत्र बाहिरिएको हो ।

“नेपाल पत्रकार महासंघमा निर्वाचनको सन्दर्भमा नेतृत्व सहितको प्रतिनिधित्वका लागि पार्टीर नेपाल प्रेस युनियनले गरेको सहमति विपरित बागी उम्मेदवारी दिइ यस पार्टी र सुभेच्छुक सस्थाको मर्यादामा आँच पुर्याउने  कार्य गर्नु भएकाले यहाँलाई १ वर्षसम्म पार्टीबाट निलम्बन गरिएको जानकारी गराइन्छ,” पत्रमा भनिएको छ ।

यस्ताे छ विज्ञप्तिः



प्रतिक्रिया दिनुहोस !