६ आश्विन २०८१, आइतबार

पाल्पाको तानसेनमा जिप दुर्घटना,२ जनाको मृत्यु

प्रकाशित मिति :  6 April, 2021 10:41 am


पाल्पा । पाल्पाको तानसेनमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

कुखुरा बोको जीप गए राति तानसेन नगरपालिका वडा नम्बर ७ काजिपौवामा लु २ च ६३२ नम्बरको जीप दुर्घटना हुँदा चालक पाल्पा बगनासकाली गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय विजय खाम्चा र पाल्पा रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय राज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा लगिएपछि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।



प्रतिक्रिया दिनुहोस !