६ आश्विन २०८१, आइतबार

रोल्पामा वडा अध्यक्षको भिरबाट लडेर मृत्यु

प्रकाशित मिति :  6 April, 2021 11:00 am


रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्षको भिरबाट लडेर मृत्यु भएको छ । वडा अध्यक्ष कर्णबहादुर रोकामगरको हिजो भिरबाट लडेर मृत्यु भएको हो ।

हिजो बेलुकी सुनछहरीको सालमजाबाट हार्जङ घर फर्कने क्रममा मूलखोलाको भिरबाट खसेर अध्यक्ष रोकाको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

उनी माओवादी केन्द्रका स्थानीय नेता समेत हुन् ।

पञ्चायतकालदेखि नै राजनीतिमा सकृय रोकामगर स्थानीय रुपमा लोकप्रिय नेताका रुपमा चिनिन्थे ।



प्रतिक्रिया दिनुहोस !