५ आश्विन २०८१, शनिबार

एमालेमा गएका चार माओवादी केन्द्रका सांसद कारबाहीमा

प्रकाशित मिति :  6 April, 2021 4:02 pm


काठमाडौ । नेकपा माओवादी केन्द्रले एमालेमा गएका आफ्ना चार संसदलाई कारबाही गरेको छ ।

माओवादीका प्रतिनिधिसभा सदस्य रहेका चार जनालाई कारबाही गरेको पत्र सचिवालयमा दर्ता गराइएको छ ।

कारबाही गरिएको पत्र संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी सार्वजनिक गरेका छनु ।

माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, र गौरीशंकर चौधरीलाई पार्टीबाट कारबाही गरी संसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएको हो ।

उर्जामन्त्री रायमाझी अर्घाखाँची–१, उद्योगमन्त्री भट्ट कैलाली–४, शहरी विकासमन्त्री साह रौतहट–३ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री चौधरी कैलाली–३ बाट निर्वाचि भएका थिए।



प्रतिक्रिया दिनुहोस !