५ आश्विन २०८१, शनिबार

ओलीको बहिर्गमन छिट्टै हुने डा. भट्टराईको दाबी

प्रकाशित मिति :  6 April, 2021 5:27 pm


काठमाडौ । जनता समाजवादी पार्टीका (जसपा)संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको छिट्टै बहिर्गमन हुने बताएका छन् ।

मंगलबार गृह जिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफ्नो पार्टी तयार रहेको जनाउँदै उनले भने, “लोकतन्त्रमाथि जहाँबाट खतरा छ त्यो हटाउनुपर्छ त्यसैले यसका लागि प्रधानमन्त्रीको बहिर्गमन पहिलो शर्त हो, हाम्रो पार्टी जे गर्न पनि तयार छ ।”

प्रधानमन्त्रीले राजीनामा दिने संकेत नगरेकाले उनलाई हटाउन अविश्वासको प्रस्ताव ल्याउनुको विकल्प नभएको बताउँदै उनले भने, “ओलीले राजीनामा गर्नुहुन्छ भन्ने विश्वास गर्ने ठाउँ छैन् । नैतिकता नभएको मान्छेसँग त्यो आशा गर्नु मुर्खता हो, उहाँलाई हटाउने भनेको अविश्वासको प्रस्ताव ल्याउनु नै हो ।”

अविश्वासको प्रस्ताव ल्याउँदा वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार तोक्नु पर्ने भएकाले केही अन्योल देखिएको उनका भनाइ छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र एमालेमा ओलीसँग असन्तुष्ट रहेका पक्षहरू मिलेर छिट्टै अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सकिने उनले जनाए ।



प्रतिक्रिया दिनुहोस !