३ आश्विन २०८१, बिहिबार

आइएमई मोटर्स–समृद्धि फाइनान्स सम्झौता, ७० प्रतिशतसम्म सहुलियत कर्जा सुविधा

प्रकाशित मिति :  6 April, 2021 5:35 pm


काठमाडौं ।

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालि र समृद्धि फाइनान्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित तथा आइएमई मोटर्सद्वारा विक्री वितरण गरिदैं आएका दोस्त मोडलका सवारी साधन खरिद गर्दा सेवाग्राहीले कम्तिमा खरिद मूल्यको ७० प्रतिशतसम्मको सहुलियत पूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा पाउने भएका छन् ।

एलयुभी सेगमेन्ट अन्तर्गत दोस्त मोडलमा दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान लगायतका व्यवसायमा प्रयोग हुने पिकअप, कन्टेनर, रेफ्रिजेरेटर भ्यान, प्यासेन्जर भ्यान लगायतका सवारी साधनहरु पर्दछन् ।

अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले समृद्धि फाइनान्सको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने भएका छन् ।
सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रधान कार्यलय हेटौडा रहेको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हेटौडा सहित नारायणघाट, काठमाडौंको पुतलीसडक, बुटवल र पोखरमा शाखा कार्यलयहरु रहेका छन् ।
आइएमई ग्रुपले रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको क्षेत्रमा काम गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !