३ आश्विन २०८१, बिहिबार

इसेवाबाट हवाइ टिकट काट्दा सत प्रतिशत क्यासव्याक अफर

प्रकाशित मिति :  6 April, 2021 6:45 pm


काठमाडौं ।

भुक्तानी सेवा प्रदायक इसेवा मार्फत् हवाइजहाज टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाउने अफर सार्वजनिक भएको छ ।

इसेवा बाट आन्तरिक एयरलाइन्सका सबै गन्तव्यको टिकट काट्ने यात्रुले योजनामा सहभागी हुन पाउने भएका छन् । जस अुनसार हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शत प्रतिशत क्यासब्याक पाउनेछन् ।

तीन हजार रुपैया भन्दा माथिको टिकटमा तीन हजार रूपैयाँ छुुट पाउनेछन् । यो योजना ३१ चैतसम्म सञ्चालन हुनेछ ।

कम्पनीले जाउँ है पोखरा अभियान अन्तरगत पोखरा जाने यात्रुहरुले एयरलाइन्स टिकट काटदा टिकट बुकिङ, होटल तथा रेष्टुरेन्ट तथा शाहशिक खेलहरूमा आकर्षक छुट प्राप्त गर्ने जनाएको छ ।

यात्रुहरुले इसेवा मार्फत टिकट काटिसकेपछि ‘जाउँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरि यस्तो छुट पाउनेछन् । होटल तथा शाहशिक खेलमा छुट प्राप्त गर्नका लागि इसेवाबाट प्रि बुकिङ गर्नुपर्नेछ अथवा हवाइ टिकट देखाउनु पर्नेछ ।

हाल पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवाको सहकार्यमा जाउँ है पोखरा अभियान अन्तरगत पोखरा घुम्न जानको लागि विभिन्न प्रवद्र्धनात्मक कार्यहरु भइरहेका छन् ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ । अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख २ लाख नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !