१० मंसिर २०८१, सोमबार

अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए

प्रकाशित मिति :  7 April, 2021 1:57 pm


एजेन्सी। द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ ।

अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा ८ जना सर्वसाधारण, ९ जना सैनिक र ४२ जना तालिबानी लडाकूको ज्यान गएको छ ।

हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ ।

समूहका अनुसार अफगानिस्तानका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए ।



प्रतिक्रिया दिनुहोस !