६ आश्विन २०८१, आइतबार

देशभर ३ सय ३९ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  7 April, 2021 4:55 pm


काठमाडौं ।  नेपालमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले २ सय ९८ जना पीसीआर परीक्षणका र ४१ जनामा एन्टिजेन परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । मन्त्रालयले
४ हजार १ सय पीसीआर परीक्षण र १ हजार ४० जनामा एन्टिजेन परीक्षण भएको थियो ।

काठमाडौं उपत्यकामा मात्रै १६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। जसमा काठमाडौं १ सय ३२, ललितपुर २६ र भक्तपुरमा ५ जना कोरोना संक्रमित भेटिएका हुन् ।

नयाँ थपिएसँगै देशभर सकृय संक्रमितको संख्या २ हजार २ सय १ छ। ६५ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा ७४ जना निको भएर घर फर्किएका छन्।



प्रतिक्रिया दिनुहोस !