१४ कार्तिक २०८१, बुधबार

पुँजीबजार अत्यन्तै सम्वेदनशिल भएको हुनाले सहि सूचना प्रवाह गर्न आग्रह

प्रकाशित मिति :  7 April, 2021 5:45 pm


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आम लगानीकर्ताले पनि सूचना लिँदा आधिकारिक स्रोतको प्रयोग आग्रह गरेका छन् ।

मंगलबार काठमांडौमा सम्पन्न भएको पुँजी बजारमा आर्थिक पत्रकारहरुको क्षमता अभिबृद्धि कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष ढुंगानाले सेयर बजार एकदमै संवेदनशिल बजार भएकाले यसका बारेमा समाचार सम्प्रेषण गर्दा पत्रकारहरु एकदमै संवेदनशिल भएर बिषयबस्तुको गाम्भिर्यता बुँझेरमात्र समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

ढुंगानाले सेयर बजार भनेको अति नै संवेदनशिल बजार भएको हुनाले साना साना कुराले पनि प्रभावित पार्ने बताउँदै गलत सूचनाका कारण लाखौं लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय पनि सूचना प्रवाहमा सजग हुनुपर्नेमा जोड दिए ।

यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम लगानीकर्तालाई सूचनाको व्यवस्थापन गर्न सुझाव दिए । सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले प्राविधिक कारणले सिस्टममा समस्या देखिँदा पनि संस्थालाई जोडेर सूचना प्रवाह हुँदा संस्थाप्रति लगानीकर्ता रुष्ट हुने देखिएको भनाइ राखे । उनले अर्को साताबाट मेरो सेयरमा कुनै पनि समस्या नदेखिने बताएका छन् ।

मेरो सेयरको समस्या समाधानका लागि गत हप्ता २ वटा सफ्टवेयर जडान गरिएको छ । तर, पुँजी बजारमा धेरै संस्था आवद्द भएकाले एकमा समस्या आउँदा अर्को प्रभावित हुने गरेको उनको भनाइ छ । कहिले इन्टरनेट राम्रो नचल्दा पनि सीडीएससीलाई नै दोष दिइने गरेको उनको भनाई छ।
सहभागी वक्ताहरूले पुँजीबजारमा गलत सूचना प्रवाहले लाखौं लगानीकर्ताको लगानी जोखिममा पर्न सक्ने बताए । कार्यक्रममा एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले यस्ता तालिम देशव्यापी आयोजना गर्ने र त्यसका लागि नाफिजसँग सहकार्य गर्ने बताए ।

त्यस्तै नाफिजका अध्यक्ष मोदनाथ ढकालले कमजोरी पहिचान गर्नु पत्रकारको धर्म भएको बताए । उनले भने कमजोरी कहाँ छ भनेर पत्ता लगाएर र सचेत गराउने पत्रकारको महत्वपूर्ण काम रहेको उल्लखे गरे ।

पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दो छ । गत आवको अन्त्यमा मेरो सेयर प्रयोगकर्ता ६ लाख रहेकोमा २३ लाख पुगेको छ । त्यस्तै, डिम्याट खाता १७ लाख बाट ३३ लाख पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !