६ आश्विन २०८१, आइतबार

‘ठूला सहरमा ५ सय र साना सहरमा १ सय जना कोरोना संक्रमित देखिए अवागमनमा कडाइ’

प्रकाशित मिति :  7 April, 2021 6:04 pm


काठमाडौं । सरकारले ठूला सहरमा ५ सय र साना शहरमा १ सय जना कोरोना संक्रमित देखिए अवागमनमा कडाइ गर्न आग्रह गरेको छ ।

आज सूचना जारी गर्दै मन्त्रालयले रात्रीकालिन व्यवसाय तथा रेस्टुरेन्ट राति ९ बजेपछि कडाइका साथ बन्द गराउन समेत भनेको छ ।

संक्रमक रोग ऐन बमोजिम कारबाही गर्ने गरि घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि मन्त्रालयले सबै जिल्ला प्रशासनलाई आग्रह गरेको छ ।

मन्त्रालयले काठमाडौं,पोखरा लगायतका ठूला सहरहरूमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढेको भन्दै सचेतता अपनाउन मन्त्रालयले आग्रह गरेको   छ ।

मन्त्रालयले भनेको छ,“ हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भैरहेको निगरानीमा काठमाडौं,पोखरा लगायतका ठूला सहरहरूमा विद्यालय जाने उमेर समूहमा पनि सक्रमण बढ्दो रहेकाले सम्पूर्ण शैक्षिक संस्थाहरूमा संक्रमणको उच्च शतर्कता अपनाउनुहुन सरोकारवाला सबैमा अनुरोध छ ।”

स्वास्थ्य मन्त्रालयले जोखिम बढेका ठूला सहरहरूमा सार्वजनिक यातायात यात्रा गर्ने वा भिडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अनिवार्य पालना गर्ने गराउने व्यवस्था गर्न भनेको छ ।

मन्त्रालयले बिदेशबाट फर्केपछि घरमा क्वारेन्टाइनमा रहेका संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले तोकिएका मापदण्डहरू पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीलाई व्यवस्थित र कडाइ गर्न आग्रह गरेको छ ।

बढी भिडभाड र जोखिम बढ्न सक्ने स्थानहरूमा पनि जनस्वास्थ्यका मापदण्ड अति कडाइका साथ पालना गराउन मन्त्रालयको आग्रह छ ।

स्वास्थ्य मन्त्रालयले भनेको छ,“सपिङ मल,नाचघर, सिनेमाहल, पार्टी प्यालेस,हेल्थ क्लब,स्विमिङ् पुल लगायतका क्षेत्र, मन्दिर लगायत धार्मिक स्थानहरू हालको परिस्थितिलाई मध्यनगर गर्दै जनस्वास्थ्यका मापदण्हरू अति कडाइका साथ पालना गरेर मात्रै सञ्चालन गर्ने गराउने व्यवस्था गर्नु गराउनुहुन सरोकारवाल सबैमा अनुरोध छ ।”



प्रतिक्रिया दिनुहोस !