२ माघ २०८१, बुधबार

कुमारी वैंकको २० औं वार्षिकोत्सव, वृक्षारोपणदेखि मन्दिर सरसफाइ कार्यक्रम

प्रकाशित मिति :  7 April, 2021 6:18 pm


काठमाडौं ।

कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सव देशभरका शाखाहरुमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

वातावरण प्रतिको जिम्मेवारी बहन नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै कार्यक्रमहरु गरेको बैंकले जनाएको छ ।

बैंकले प्रदेश २ का १५ वटै शाखाहरुबाट मन्दिर, स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकको हरिवन शाखाले चतुर्भुजेश्वोर महादेव मन्दिर सरसफाइ गरेकोे छ तथा राजविराज शाखाले सप्तरी स्थित सखडा भगवती मन्दिर परिसरमा सरसफाइ तथा डस्बिन, मास्क र सेनिटाइजर वितरण गरिएको हो ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !