६ आश्विन २०८१, आइतबार

एनसीसी बैंकका कार्ड होल्डरलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशतसम्म छुुट सुविधा

प्रकाशित मिति :  7 April, 2021 6:43 pm


काठमाडौं ।

एनसीसी बैंक र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबीच डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ ।

सम्झौतासँगै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गका ग्राहक र बैंकका कर्मचारीहरुलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने भएको हो ।

रिसोर्टको सेवामा १५ प्रतिशतसम्म छुटको व्यवस्था लगायतका प्याकेज उपलब्ध गराइने भएको छ ।

रिसोर्टले फुड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।

बैंकले नेपालको वित्तिय क्षेत्रमा २५ वर्षदेखि सेवा दिंदै आएको छ । एनसीसी बैंकका सात प्रदेशमा कुल एक सय २८ शाखा संचालनमा रहेका छन् । देशभर आठ वटा एक्स्टेन्सन काउन्टर र कुल एक सय सात एटिएम संचालमा छन् ।



प्रतिक्रिया दिनुहोस !