बुद्ध एयरले स्वास्थ्य निर्देशिका पालनामा कडाइ गर्ने
प्रकाशित मिति : 8 April, 2021 12:18 pm
काठमाडाैं । बुद्ध एयरले स्वास्थ्य निर्देशिका पालनामा कडाइ गर्ने भएकाे छ । नेपालमा केही दिनदेखि कारोना संक्रमणको संख्या बढ्न थाले पछि बुद्ध एयरले आफ्ना यात्रुहरुमा यात्रु सुरक्षा निर्देशिक पूर्ण रुपमा पालना गर्ने अनुरोध गरेको छ । एयरले सामाजिक संजाल ट्वीटरमार्फत सो अनुरोध गरेको हो ।
विगत केही दिनदेखि कोभिड संक्रमित संख्या बढ्दो छ । संक्रमणरहित उडानका लागि हामी प्रतिवद्ध छौं । यहाँ यात्रुहरुले पनि विमानस्थल तथा जहाजभित्र यात्रु सुरक्षा निर्देशिका पूणर् पालन गरिदिन पुनः अनुरोध गर्दछौं ।
Read More: https://t.co/xJlUpDm6We pic.twitter.com/aEEe3yVKqm— Buddha Air (@AirBuddha) April 8, 2021