३ आश्विन २०८१, बिहिबार

लेखाशास्त्र अध्यापन गराउने ३२ वटा कलेजका शिक्षकहरूलाई पाठ्यक्रमबारे तालिम

प्रकाशित मिति :  8 April, 2021 12:11 pm


काठमाडौं । एसीसीए नेपाल र एसीए कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा लेखाशास्त्र अध्यापन गराउने ३२ वटा कलेजका शिक्षकहरूलाई परिवर्तित पाठ्यक्रमबारे तालिम सञ्चालन गरिएको छ ।

पाल्पा,नवलपरासी र रुपन्देहीका लेखाशास्त्र अध्यापन हुने ३२ वटा कलेजका शिक्षकहरुलाई नयाँ पाठ्यक्रममा समावेश गरिएका केही नयाँ पाठ्य सामाग्री(एनएएस तथा एनएफआरएस) लाई समेत ध्यान दिएर ‘सर्टिफिकेट इन इन्टरनेसनल फिनान्सियल रिर्पोटिङ् स्ट्याण्डर्ड’ सम्बन्धी एक दिने तालिम रुपन्देहीमा सञ्चालन गरिएको एनसिएका अध्यक्ष सुरेश पण्डितले जानकारी दिए ।

तालीमको पहिलो शत्रमा कलेजका प्रतिनिधि बलराम पौडेल र दोश्रो शत्रमा कर्ण थापाले प्रशिक्षण दिएका थिए । ए.सी.सी.ए.का बारेमा अध्यक्ष सुरेश पण्डितले जानकारी गराएका थिए ।

कार्यक्रमको उद्घाटन शत्रमा ए.सी.सी.ए. नेपालका प्रमुख रविन कटवालले उपस्थित विशिष्ट अतिथिहरू एवं तालिममा सहभागी शिक्षकहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्व माथि प्रकाश पारे ।

त्यसै गरी नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापा, न्यू होराईजन कलेजका संस्थापक प्रमुख लोकनाथ उपाध्याय, तिलोत्तमा क्याम्पसका प्राचार्य प्रा.डा.रामचन्द्र आचार्यले कार्यक्रमको सफलताको शुभकामना दिए ।

कार्यक्रममा रुपन्देही जिल्लाका हिसान, प्याब्सन, एनप्याब्सन र विभिन्न शिक्षक संगठनका प्रतिनिधि, उद्योगी, ब्यावसायी र बैकिङ्ग क्षेत्रसंग आबद्ध ब्यक्तिहरुको पनि उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !