संसदमा महन्थ ठाकुरलाई प्रश्न :ओलीतर्फ किन?
प्रकाशित मिति : 8 April, 2021 2:02 pm
काठमाडौ । जनता समाजवादी पार्टीले संघीयता विरोधी प्रधानमन्त्री केपी शर्मा ओली तर्फ किन जान खोजेको भनी प्रश्न तेर्सिएको छ ।
संसदमा नयाँ सरकार बन्न ढिलाइ भएकोमा प्रश्न उठाउँदै सांसद सुरेशचन्द्र दासले यो प्रश्न जसपाका अध्यक्ष महन्थ ठाकुरसँग सोधेका थिए ।
सांसद दासले अध्यक्ष ठाकुरले दिएका अन्तर्वार्ताबारे आंशका व्यक्त गर्दै यस्तो सोधेका हुन् ।
दासले मधेशको जनता संघीयता विरोधी सरकारको पक्षमा नभएको भन्दै जसपाले नयाँ सरकारको विषयमा गरेको ढिलाइ प्रति उनले बिहीबारको संसदमा प्रश्न गरे ।