५ आश्विन २०८१, शनिबार

बाहिर तमासा बन्द गरी प्रधानमन्त्रीलाई संसदमा आएर बहस गर्न सांसद थापाको चुनौती

प्रकाशित मिति :  8 April, 2021 2:18 pm


काठमाडौ । प्रधानमन्त्री केपी शर्माा ओलीलाई के के चमत्काार गर्नु भयो भन्ने विषयमा संसदमा आएर बहस गर्न नेपाली काग्रेसका संसद गगन थापाले चुनौती दिएका छन् ।

प्रधानमन्त्रीले आफ्ना आसेपासेलाई राखेर माथिबाट बोल्ने र तलबाट ताली ठोक्ने तमासा नगर्न सांसद थापाले बताएका छन् ।

प्रधानमन्त्रीले गर्नुपर्ने काम धेरै छ । संसदबाट समस्या समाधानका लागि कानुन बनाउनुपर्ने आवश्ययकता छ । त्यो पूरा नभए मेलम्ची खानेपानी आयोजना सरकारले बनाएर चमत्कार गरेझै प्रस्तुत गर्न नहुने उनले बताए ।

हामी सबैलाई मेलम्चीमा ढिलाइ भएका कारण माफी माग्नुपर्ने बेलामा चमत्कार गरेको झै प्रस्तुत गर्ने तमासा प्रधानमन्त्रीले गर्न नहुने बताए ।
सरकारका सांसदहरूले सोही अनुरूप संसदमा कुर्लने काम बन्द गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !