५ आश्विन २०८१, शनिबार

बादलमाथि पनि माओवादी केन्द्रको कारबाही

प्रकाशित मिति :  9 April, 2021 2:23 pm


फाईल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको छ । कारबाहीको सूचना माओवादी केन्द्रले संघीय संसदलाई दिएको छ ।

बादल नेकपा एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रको राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले बादललाई कारबाही गरेको जानकारी गराएका छन् । नेता शर्माले बादल नेकपा एमालेको सदस्य भइसकेको र माओवादी केन्द्रको सांसद नरहेको बताए ।

यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।



प्रतिक्रिया दिनुहोस !