४ आश्विन २०८१, शुक्रबार

बेलायती महारानी एलिजाबेथ द्वितीयाका पतिको निधन

प्रकाशित मिति :  9 April, 2021 5:26 pm


काठमाडौ । बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिंघम राजदरवारले जनाएको छ ।

सन् १९४७मा प्रिन्स फिलिपको विवाह एलिजाबेथसँग भएको थियो । महारानी हुन पाँच वर्ष अघि उनीहरूबीच विवाह सम्पन्न भएको थियो । बेलायती इतिहासमा सबैभन्दा लामो जोडीको रूपमा यो जोडी जीवित रहयो ।

बीबीसीले जनाए अनुसार डयुक अफ इडिनबर्गको उपाधि पाएका प्रिन्सको निधन भएको भन्दै दुखद समाचार दरबारबाट सार्वजनिक भएको हो ।

दुवैका चार सन्तानबाट आठ नाती नातिना र १० पनाती पनातिना रहेका छन् । उनीहरुको जेठो छोरा प्रिन्स चाल्र्सको जन्म १९४८मा भएको थियो । त्यसपछि चाल्र्सकी बहिनी प्रिन्सेस एनी सन् १९५०मा जन्मेकी थिइन् । सन् १९६०मा प्रिन्स एन्डरु र १९६४मा प्रिन्स एडवार्ड जन्मेका थिए ।

प्रिन्स फिलिप ग्रिसको कोर्फो टापुमा १० जुन १९२१मा जन्मेका थिए ।



प्रतिक्रिया दिनुहोस !