५ आश्विन २०८१, शनिबार

नवनियुक्त चारमन्त्रीद्वारा पद तथा गोपनीयताको सपथ

प्रकाशित मिति :  9 April, 2021 6:51 pm


काठमाडौं । नेकपा माओवादी केन्द्र त्याग गर्दा सांसद पद गुमाएका माओवादी केन्द्रका चार नेताले आज फेरि मन्त्री पदको शपथ लिएका छन् । आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद पद गुमाएका चार मन्त्रीलाई फेरि शपथ ग्रहण गराएकी हुन् ।

शीतल निवासमा लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाई, प्रभु साह सहरी विकास र गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शपथ लिए । प्रधानमन्त्री ओलीले चारैजना नेतालाई मन्त्री पदमा पुनर्नियुक्ति दिएपछि राष्ट्रपतिले शपथ गराएकी   हुन् ।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका कैलाली–४ का लेखराज भट्ट, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले कारबाही गरेपछि सांसद पद र मन्त्री पद गएको थियो ।

सोही सूचना सभामुख अग्निप्रसाद सापकोटाले हिजोको संसद् बैठकमा जानकारी गरापछि उनीहरुको सांसद पद खारेज भएको थियो । सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न सक्ने व्यवस्था संवैधानिकको धारा ७८ ले गरेको छ ।



प्रतिक्रिया दिनुहोस !