५ आश्विन २०८१, शनिबार

सहमतिलाई भाँड्ने प्रवृत्तिद्वारा प्रेरित प्रचारबाजी रोक्न विप्लव नेतृत्व नेकपाको आग्रह

प्रकाशित मिति :  10 April, 2021 11:40 am


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खुल्ला भएसँगै संगठन निर्माणमा लागेको छ ।

अघिल्लो महिना सरकारसँग सम्झौता गरेर खुल्ला राजनीतिमा आए लगत्तै नेकपाले संगठनको गतिविधिलाई तिब्रता दिएको हो । केही सञ्चारमाध्यममा ‘विप्लव गुमनाम’ शीर्षकमा समाचार प्रकाशित भएपत्ति उक्त पार्टीले आपत्ति पनि जनाएको छ ।

केन्द्रीय सचिवालयको तर्फबाट आज असलले विज्ञप्ति निकाल्दै उक्त समाचारप्रति आपत्ति समेत जनाएका छन् ।

उनले भनेका छन्,“हाम्रो पार्टी र महासचिव कमरेड विप्लव पार्टीको राजनीतिक सङ्गठनात्मक काममा व्यस्त रहेको कुरा पनि जानकारी गराउँछौँ । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २१ गते भएको सहमतिलाई भाँड्ने प्रवृत्तिद्वारा प्रेरित प्रचारबाजी मात्र भएको स्पष्ट गर्दछौँ ।”

उनले यस्ता अनुचित प्रचारबाजी बन्द गर्न पनि भनेका छन् । नेकपाले आफ्नो पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको पनि जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !