३० कार्तिक २०८१, शुक्रबार

कोकाकोलाद्वारा सफाइकर्मीका लागि सुरक्षा तथा स्वास्थ शिविरको आयोजना

प्रकाशित मिति :  12 April, 2021 2:43 pm


काठमाडौँ । विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा क्रिएशन, कोका–कोला फाउन्डेशन र बोटलर्स नेपाल (तराई) लिमिटेडले सफाईकर्मीको लागि व्यवसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

कार्यव्रmममा सुरक्षाका उपायहरु, सुरक्षा गियरको प्रयोग, कार्यस्थलमा व्यवसायिक दुर्घटनाहरुको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थाको लागि आगो निभाउने उपकरण र सुरक्षा उपकरणहरुको प्रयोग गर्न सिकाएको छ ।

सुरक्षा गियर सहित सुरक्षात्मक जुत्ता, टोपी, ज्याकेट, मास्क र पञ्जाहरु पनि सफाईकर्मीलाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य शिविरमा डा. अनुजराज कँडेलको नेतृत्वमा रहेको टोलीले सफाईकर्मीको स्वास्थ्य समस्या, मेडिकल चेकअप लगायतका विषयमा परामर्श गरेका थिए ।

क्रियशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्राले भने, “हामी उनीहरुलाई सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरहरुको माध्यमबाट सहयोग पुराउदै आएका छौं, कोका–कोला फाउन्डेशनले गर्दै आएको सहयोगमा उनीहरुको लागि अझ राम्रो र स्वस्थ जीवनका लागि हाम्रो प्रयास जारी राख्नेछौँ ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले फोहोर र रिसाइकलिङ उद्योगमा काम गर्नेहरुले धेरै व्यवसायिक स्वास्थ्य जोखिमहरुको सामना गर्ने बताए । ”हामी यी हिरोहरुको वीर प्रयासहरुलाई समर्थन गर्न विनम्र छौँ जसले आफ्नो स्वास्थ्य जोखिममा लिन्छन् र हाम्रो ग्रहलाई सफा बनाउन हरेक दिन खटिन्छन्,” उनले भने ।

 



प्रतिक्रिया दिनुहोस !