६ आश्विन २०८१, आइतबार

प्रधान सम्पादक बुढाथोकीद्वारा स्पाइनल इन्जुरी भएका बालबालिकालाई सहयोग

प्रकाशित मिति :  12 April, 2021 4:58 pm


काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्षका उमेदवार तथा लुम्बिनी सञ्चार डटकम र टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्रसिंह बुढाथोकीले स्पाइनल इन्जरी नेटवर्कमा आश्रय लिएर अध्ययन गरिरहेका बालबालिकालाई सहयोग गरेका छन् ।

पूर्वप्रतिबद्धताअनुसार चुनावी खर्चबाट बचेको रकममा केही आफ्नै तर्फबाट थपेर स्पाइनल इन्जरी नेटवर्कमा आश्रय लिइ अध्ययन गरिरहेका १५ जना बालबालिकालाई आज रकम हस्तान्तरण गरेको बुढाथोकीले जानकारी दिए ।

उनले भनेका छन्,”पूर्वप्रतिबद्धताअनुसार मेरो चुनावी खर्चबाट बचेको रकममा केही आफ्नैतर्फबाट थपेर स्पाइनल इन्जरी नेटवर्कमा आश्रय लिइ अध्ययन गरिरहेका १५ जना भाइबहिनीको किताबकापी खर्चका लागि हस्तान्तरण गरेँ।”

नेटवर्कमा हाल सोलुखुम्बु, डोल्पा, बझाङ, बैतडी, अछाम, रुकुमसहित ११ जिल्लाका १४ देखि २१ वर्षका १५ जना स्पाइनल इन्जरी (मेरुदण्डको चोट/पक्षघात) भएका बालबालिकाले होस्टलमा संरक्षित भइ निःशुल्क अध्ययन गररहेका छन् ।

बुढाथोकीले भनेका छन्,उहाँहरूलाई १ देखि १२ कक्षासम्म नै निःशुल्क अध्ययनरअध्यापन गराउने नेटवर्कको महान अभियानलाई मेरो सानो योगदान मात्र हो। बुढाथोकी नेपाल पत्रकार महासंघको यही २५ गते भएको चुनावमा अध्यक्षको उमेद्वार थिए ।

प्रधानसम्पादक बुढाथोकीले चुनावसकिए लगत्तै चुनावी खर्चका लागि उठेर खर्चपछि बचेको रकममा आफूले थपेर १५ हजार रुपैयाा सहयोग गर्ने घोषणा गरेका थिए । महासंघको अध्यक्षमा भने विपुल पोख्रेल निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !