६ आश्विन २०८१, आइतबार

दोलखामा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु, १८ घाइते

प्रकाशित मिति :  13 April, 2021 11:16 am


दोलखा । दोलखाको बिगु गाउँपालिका–४ मा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् ।

दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका–४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी गएराति १० बजेको समयमा दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिए ।

मृत्यु हुनेमा बिगु गाउँपालिका–३ बुलुङका ३५ वर्षीय विनोद केसी, ५२ वर्षीया राधा खड्का, २४ वर्षीया चण्डिका थापा र ४५ वर्षीया अजिता खत्री रहेका छन् ।

दुर्घटनामा परी वडाध्यक्षसहित १८ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौंको बिएण्डबी, ट्रमा सेन्टर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !