सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गस लाउञ्जमा छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डवाहकलाई काठमाडौंको दरबारमार्गमा रहेको किङ्गस् लाउञ्जमा विशेष छुट पाउने भएका छन् ।
बैंकका कार्डवाहकहरुलाई छुटदिने समझदारीपत्रमा सिटिजन्स बैंक र किङ्गस् लाउञ्जबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको बैंकका सूचना अधिकारी उमंग शर्माले बताए ।
बैकले भर्खरैमात्र युएसडी इ–कम कार्डको पनि सुरुवात गरेको छ जसमा ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी बार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् ।
यसरी लोड गरिएको रकम बिदेशी मुद्रामा अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न प्रयोग गर्न सक्नेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११३ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आइरहेको छ ।