५ आश्विन २०८१, शनिबार

नेता पुनले रोल्पामा भने,‘केही दिनमा प्रधानमन्त्रीका साथै लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्री हटाइने छ’

प्रकाशित मिति :  14 April, 2021 6:45 pm


रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले केही दिनेभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीसहित लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका मुख्यमन्त्री हटाउने दाबी गरेका छन् ।

गृह जिल्ला रोल्पा पुगेका नेता पुनले प्रथमस्मृति सुनिलगाउँपालिका अध्यक्ष कप प्रतियोगिताको सुलिचौरमा उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन सुझाव दिए । राजीनामा नदिए केही दिनभित्रै हटाउने चेतावनी दिए ।

उनले प्रधानमन्त्री ओलीलाई भने,“ अलिकित नैतिकता छ भने राजीनामा दिनुस्, मैले जनतामा जाने संकल्प गरे । मेरो लाईन त्यो थियो तर फेल भयो, जनताले रोक्यो, सर्वोच्च अदालतले रोक्यो,प्रतिनिधि सभाको दुई वर्षको कार्यकालमा म केही जिम्मा लिँदैन भन्नुस् । तपाईका अहिलेका कमजोरी, अहिलका आलोचना रातारात पाखालीने छन् । तपाईंको व्यक्तित्व अग्लिने छ ।”

नेता पुनले कांग्रेस,माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर प्रधानमन्त्री ओलीलाई हटाउने बताए । उनले ओलीलाई प्रतिपक्षमा बस्न सुझाव दिँदै केही दिनमा नयाँ समाचार सुन्न पाइने समेत उल्लेख गरे । उनले भने,“केही दिनपछि केही खबर पाउनुहुने छ कि ओली जि हटाइनुभयो,अविश्वासको प्रस्ताव पेश भयो र नयाँ गठवन्धन बन्यो भनेर ।”

नेता पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि हटाउने दाबी गरे । उनीहरुले प्रदेशको स्वायत्तता बचाउने भन्दापनि प्रधानमन्त्रीको अलोकतान्त्रिक कदम र असंवैधानिक कदमलाई समर्थन गरेको आरोप लगाए । प्रधानमन्त्रीले प्रदेश विघटन गर्छुभन्दापनि मुख्यमन्त्री पोख्रेल र गुरुङले सुनेर बसेको टिप्पणी गरे ।

उनले भने,“यतैतिर शंकर पोख्रेल जीले माओवादी केन्द्र, प्रचण्डको ग्रुपले अब चुनाव जित्ने जम्मा रोल्पा र रुकुम हो तर त्यहाँबाट पनि हार्दैछन् भन्नुहुन्थ्यो । त्यो त दुईवर्षपछिको कुरो हो हेरौला । तर अहिले शंकर जी हटाइदै हुनुहुन्छ । पृथ्वीसुब्बा जी हटाइदै हुनुहुन्छ । केही हप्ताभित्र उहाँहरु मुख्यमन्त्री रहनुहुन्छ । मलाई माफ गर्नुहेला म यत्ति भन्न बाध्य भए ।”

 



प्रतिक्रिया दिनुहोस !