६ आश्विन २०८१, आइतबार

प्यूठानमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

प्रकाशित मिति :  14 April, 2021 6:58 pm


प्यूठान। प्यूठानमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।

आज बिहान लु १ ज १६५५ नम्बरको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको हो । दुई जनाको घटनास्थलमै र बाँकीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जिपका चालक गुल्मी मुसिकोट नगरपालिका ३ का २२ वर्षीय केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरु गुल्मीका वर्षीय सूर्य पन्थी, ईश्वर भण्डारी, स्याङ्जा घर भई हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकिय अधिकृत पदमा कार्यरत श्याम न्यौपाने र एक पुरुष रहेका छन्।

दुर्घटनामा घाइते हुनेमा गुल्मी रेशुङ्गा नगरपालिका ४ का २३ वर्षीया सुनिता कडेल, २९ वर्षीया बसन्ती पौडेल र उनकी ४ वर्षीया छोरी निकिता पौडेल रहेका छन्। निकिताको अवस्था सामान्य र अन्यको मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै सोही स्थानका ३० वर्षीया गिता बोहरा मुखिया र उनका १० वर्षीय छोरा अनिस मुखिया, गुल्मी चन्द्रकोट गाउँपालिका ८ की २४ वर्षीया तारा भण्डारी, ६ वर्षीय आशिष भण्डारी, गुल्मीको मुसिकोट नगरपालिका ६ का ३३ वर्षीय दिल बहादुर थापा र २७ वर्षीया कमला पन्थी ज्ञावली रहेका छन्।

गुल्मीको मुसिकोट नगरपालिका ६ का १२ वर्षीय सार्थक ज्ञावली र प्यूठान माण्डवी गाउँपालिका ३ का ३७ वर्षीय सन्जिव परियारको अवस्था गम्भीर रहेको छ।

बिहान साढे ११ बजेको समयमा प्यूठानको स्वर्गद्वारी नगरपालिका २ रुमालेमा जीप दुर्घटना भएको थियो।

 



प्रतिक्रिया दिनुहोस !