४ आश्विन २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा २ लाखभन्दा बढीमा संक्रमणको पुष्टि

प्रकाशित मिति :  15 April, 2021 10:42 am


काठमाडौं । भारतमा कोरोना संक्रमितको व्यक्तिको संख्याले एकपछि अर्को रेकर्ड बनाउदै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाखभन्दा माथि पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २,००,७३९ जना कोरोना संक्रमिट भेटिएका छन् । १०,३८ जनाको मृत्यु भएको छ ।

यससँग भारतमा सकृय कोरोना सांक्रमितको संख्या १४ लाख ७० हजारभन्दा माथि पुगेको छ । अहिलेसम्म भारतमा १ लाख ७३ हजार १२३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !