५ आश्विन २०८१, शनिबार

अविश्वास प्रस्तावको डरले मध्यरातमा गरियो गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

प्रकाशित मिति :  15 April, 2021 12:55 pm


काठमाडौं । गण्डकी प्रदेशसभाको हिउँदै अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

चार दलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य गरेको हो ।

अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको र बिहान १०ः३५ बजे प्रदेशसभा सचिवालयमा दर्ता भएको सचिव हरिराज पोखरेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !