५ आश्विन २०८१, शनिबार

गण्डकी प्रदेशमा सरकार विरुद्व अविश्वासको प्रस्ताव दर्ता

प्रकाशित मिति :  15 April, 2021 2:33 pm


काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेससहितका विपक्षी दलले सरकारका विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

आज दिउँसो १ बजेर ३० मिनेट जाँदा कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी पार्टीका संसदसहितको हस्ताक्षर सहित प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरिएको हो ।

अविश्वासको प्रस्तावमा २८ जना प्रदेश सभा सदस्यहरुको हस्ताक्षर रहेको छ ।

अविश्वासको प्रस्तावको तयारी भएपछि गएराति नै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको पत्र प्रदेश सभा सचिवालयमा पठाएका थिए ।



प्रतिक्रिया दिनुहोस !